मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ट्यांकर चालक मानेनन् लकिङ सिस्टम राख्न, विरोधमा  पेट्रोलियम पदार्थ ढुवानी बन्द

बुधबार, ३० फागुन २०७४, २१ : ३१
बुधबार, ३० फागुन २०७४

झापा । नेपाल आयल निगमले झापाको चारआली शाखा कार्यलयबाट ट्यांकर ट्रक सुरक्षात्मक प्रणाली(लकिङ सिस्टम) लागु गरेको छ ।  आज झापाको चारआलीमा कार्याक्रम गरेर सुरक्षा प्रणाली (लकिङ सिस्टम) लागु गरेको हो । 

नेपाल आयल निगकमा कार्यनिर्देशक सुशिल भट्राई र भारत आयल निगमका एस.एस बोसले सयुक्त रुपमा विराटनगर को लागि पठाउन तयार राखेको मे १ ख २१७८ नम्बरको ट्याङ्करमा लकिङ लगाएका थिए । उक्त ट्याङकर झापाबाट विराटनर स्टक ट्रान्सफर गर्न जाने वीरेन्द्र गोइतले बताए ।
निगमले त पूर्वाचलका सबै ट्याङकरमा लकिङ सिस्टम जोड्न चाहेको थियो । तर चालकको असहयोगका कारण सफल हुन सकेन । 

नेपाल आयल निगमले सहमतिअनुसार काम नगरेको भन्दै पूर्वका ट्यांकर व्यवसायी र मजदुर आन्दोलित बनेका छन् । 

आजदेखि पेट्रोलियम पदार्थ ढुवानी बन्द गरेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । ट्यांकर मजदुरहरूको संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनअन्तर्गतको ट्यांकर इकाइ कार्यालय चारआलीले नेपाल आयल निगमअन्र्तगतका पम्पहरूमा सम्पूर्ण ढुवानी बन्द गरेको जनाएको हो । 

विसं २०७३ माघ ५ गते भएको सहमतिअनुसार १२ बूँदे माग कार्यान्वयन नभएको र निगमले मनोमानी गरेको भन्दै ढुवानी सेवा बन्द गरेको ट्यांकर इकाइ कार्यालय चारआलीका अध्यक्ष तोकप्रसाद दुलालले बताए । 

आयल निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली २०७३ मा ट्यांकर ट्रकमा सुरक्षाप्रणाली लागू गरिनुपर्ने व्यवस्था उल्लेख छ । तर, ढुवानी व्यवसायीले यो व्यवस्थालागू गरेपछि आयतन घटीबढीको सम्पूर्ण जिम्मा आयल निगमले लिनुपर्ने माग गरेका छन् । 

के हो सुरक्षा प्रणाली ? 

भारतबाट तेल भरेर आउने ट्याङकरहरुमा पछिल्लो समयमा हुने तेल चुहावट र चोरी नियन्त्रण गर्नको लागि तेल भरेको ठाउँबाट तेल पुगाउनु पर्ने ठाउँसम्म लक लगाउने र सम्बन्धित ठाउँमा पुगेपछि मात्र लक खोल्नु पर्ने हुन्छ । यो सिस्टमको लागि नयाँ ट्याङकरहरुमा सुरुमै लक लगाउने सिस्टम जोडिएको छ । तर पुराना ट्याङकरहरुमा भने यो जोड्नको लागि सिस्टम लगाउनु पर्ने हुन्छ । आयल निगम र ढुवानी व्यवसाय यो सिस्टम लागु गर्न तयार भएपनि चालकहरु भने यसमा तयार छैनन् । 

के भन्छन् व्यवसायी 
 

विश्वराज अर्याल ,पेट्रोलीयम ढुवानी मंहासंघको महासचिव
भारतमा पनि विगत चार पाँच बर्षबाट यो सिस्टम लागु छ । यो व्यवसायलाई सुर्धानकोलागि सबैले सहयोग गर्नु पर्छ । यो सिस्टम नेपालमा पनि अनिवार्य लागु गर्नु पर्छ । 

लिलेन्द्र प्रधान, पेट्रोलियम राष्ट्रिय एशोसियसन अध्यक्ष

लकिङ सिस्टमले देश र जनतालाई फाइदा हुन्छ । यसको आवश्यकता छ । उपभोक्ता र व्यवसायीकहरुको हितमा छ । यति मात्र होइन चालको पनि हितमा छ । गाडीलाई आवश्यक परेको ठाउँमा पार्किङ गरेर छोड्न मिल्छ  । 

निगमका कर्मचारीको भनाई 

सुशिल भट्राई,कार्यकारी निर्देशक नेपाल आयल निगम
आजबाट लकिङ सिस्टम लागु भएको छ । यसलाई सम्बन्धित सबै पक्षले सहयोग गर्नु पर्छ । यो झापाको चारआलीबाट सुरु भएको छ । तीन महिना भित्र देश भरीनै सुरु हुने छ । निगमको तेललाई सुरक्षित गर्ने जिम्मेवारी हो । यसको कर्तव्य पालना गरेका हौ । 

मजदुरका समस्या भए समाधान गर्न सबै पक्षलाई आह्वान गछौ । अहिले आपूर्ति सहज गर्नु सबैको जिम्मेवारी र कर्तव्य हो ।  

हामी देश र जनताप्रति जिम्मेवार छौँ । यो सिस्टम लागु गर्ने कुराबाट पछाडि हट्दैनौँ । 

ऋषिराम तिवारी, प्रमुख जिल्ला अधिकारी झापा
आजको दिन नेपाल आयल निगमको र सम्पूर्ण देशकोलागि ऐतिहाकि भएको छ । नेपाल सरकारले आफुले आफ्नो तेलको सुरक्षा गर्न कटिबद्ध भएको छ । यसमा अबरोध गर्दा कसैको पनि हित हुदैन । 

के भन्छन् चालकहरु ?
 

तोक प्रसाद दुलाल, इकाई अध्यक्ष नेपाल यातायात स्वतन्त्र मजदुर संघ चारआली झापा

हामी लकिङ सिस्टमको विरोधी होइन । जसरी व्यवसायी र नेपाल आयल निगमले हामीलाई दोषी देखाउने काम गरेको छ त्यस्तो होइन । हामी र नेपाल आयल निगमबीच २०७३ साल फागुन ९ गते भएको १२ बुँदे सहमति कार्यन्वयको माग गरेका हौ । तर अहिले व्यवसायी र निगमले हाम्रा मागप्रति बेवास्ता गदै सहमतिको ४ नं बुदामात्र कार्यन्वयन गर्न आतुर भएकाले हाम्रो असहमति हो । 

व्यवसायीले कार्य विधि बनाउँदा पनि चालकलाई बोलाइएन । हामी १२ बुँदे मध्य ४ नं बुदामात्र कार्यन्वयन गर्न राजी छैनौँ ।

यो लकिङ सिस्टम निगमले देशभरी नै एक दिनबाट लागु गर्नु पर्ने हो । तर यस्तो गरेन । यसमा पनि हामीलाई शंका नै छ । 

गोपाल श्रेष्ठ,सचिव नेपाल स्वतन्त्र मजदुर संघ
हाम्रो माग भनेको १२ बुँदा नै लागु हुनु पर्छ । हामीले व्यवसायीलाई तपाईंको सम्पतिको सुरक्षा नगर्नु होस् भनेका छैनौ । गर्नु पर्छ । तर हामीलाई शंका गर्ने ? हामीले भोग्ने दुःखका बारेमा केही चासो नदिने प्रवृति छ । ७० लाखको सम्पति हाम्रो जिम्मा लगाउने तर हामीलाई नै अविश्वास गर्नु राम्रो होइन । 

श्रेष्ठले भने, ‘हाम्रो तलब, सेवा सुविधाको बारेमा चासो दिएको छैन । हाम्रो तलब ११ देखि १५ हजार सम्म छ । सहचालकलाई ५ हजार छ । उसको घरबार कसरी चलाउने उसले । हामीले नै हेर्नु पर्ने अवस्था आउछ ।’
 

डिल्लीराज हुमागाईं, चालक
हामी मजदुर भएकाले झापाबाट निगम र व्यवसायीहरुले पेल्न खोजेका हुन् । यो जुन हामीलाई मान्य हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप