मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

नेपालले अमेरिकालाई ब्याटिङको निम्तो दियो

मङ्गलबार, ०५ असार २०८०, १२ : ४३
मङ्गलबार, ०५ असार २०८०

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा मंगलबार नेपालले अमेरिकाको सामना गर्दैछ । विश्वकप छनोट खेल जिम्बाबेमा भइरहेको छ । अमेरिकाविरुद्घको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको छ । नेपाली समय अनुसार, १२ः ४५ बजे सुरु हुने उक्त खेलमा अमेरिकाले पहिलो ब्याटिङ गर्नेछ । 

यसअघि नेपाली टोली आफ्नो पहिलो खेलमा बलियो जिम्बाबेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालका तिब्रगतिका बलर सोमपाल कामी सहभागी हुने छैनन् । उनी औंलामा लागेको चोटका कारण टोलीबाट बाहिरिएका हुन् । उनको स्थानमा स्पिनर ललितनारायण राजवंशीले खेल्ने अवसर पाएका छन् । 

नेपाल र अमेरिका दुबै टोली पहिलो जितको खोजीमा छन् । यी दुबै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । अमेरिकालाई पहिलो खेलमा वेस्ट इन्डिजले हराएको थियो । अंक तालिकाको नेट रनरेटमा भने नेपालभन्दा अमेरिका अगाडि रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप