मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

अमेरिकालाई अर्को झट्का, करणले लिए तेस्रो विकेट

मङ्गलबार, ०५ असार २०८०, १३ : २६
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटको मंगलबार भएको अमेरिकाविरुद्धको आफ्नो दोस्रो खेलमा नेपालले तेस्रो विकेट लिएको छ । अमेरिकाले १४ रनको कूल स्कोरमा तीन विकेट गुमाएको हो । तेस्रो विकेट पनि करण केसीले नै लिए । उनले अमेरिकाका कप्तान एरोन जोन्सलाई दुई रनमा पभेलियन फर्काए । करणले कुशल भुर्तेलमार्फत जोन्सलाई क्याच गराएका थिए ।

यसअघिको दुवै विकेट पनि करण केसीले लिएका हुन् । उनले पहिले अमेरिकाका ओपनर ब्याट्सम्यान स्टिभन टेलरलाई चार रनमा एलबीडब्लू आउट गराए । त्यसलगत्तै उनले सैतेजा मुकामल्लालाई शून्य रनमै पेभेलियन फर्काए । करणले तेस्रो नम्बरमा क्रिज समाल्न आएका सैतेजलाई आरिफ शेखद्वारा क्याच गराएका थिए । करणले दोस्रो ओभरको पाँचौँ र छैटौँ बलमा विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप