आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्री सवार गाडी दुर्घटना

मन्त्री सिंहसहित ४ को अवस्था गम्भीर, नेपालगन्ज लैजाने तयारी

मङ्गलबार, ०५ असार २०८०, १५ : १३
मङ्गलबार, ०५ असार २०८०

धनगढी । सवारी दुर्घटनामा परेका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहसहित ४ जनाको अवस्था गम्भीर रहेको छ ।

मन्त्री सिंह, उनीकी पत्नी अमृता सिंह, जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी अचेत अवस्थामा रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिइन् ।  

दुर्घटनामा चालक धर्मराज जोशी पनि घाइते भएका छन्।   ।

पाँचै जनालाई हेलिकप्टर मार्फत नेपालगन्ज रेफरको तयारी भइरहेको जोशीले रातोपाटीलाई बताइन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

सुपप्र ०१००१ झ ४८० नम्बरको गाडीमा डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप