आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
मन्त्री सवार गाडी दुर्घटना

दुर्घटनामा घाइते भएका मन्त्री सिंहकाे अवस्था चिन्ताजनक

मङ्गलबार, ०५ असार २०८०, १५ : ५४
मङ्गलबार, ०५ असार २०८०

धनगढी । सवारी दुर्घटनामा घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको अवस्था चिन्ताजनक रहेको छ ।

अन्य ३ जनाको अवस्था पनि गम्भीर रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले बताइन् । उनीहरूलाई सेनाको हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ । जोशीका अनुसार एक जनाकाे अवस्था भने सामान्य रहेकाे छ ।

उक्त गाडीमा मन्त्री सिंहसहित उनीकी पत्नी अमृता सिंह, जयादेवी सिंह, अंगरक्षक दिपक भण्डारी सवार थिए । यस्तै चालक धर्मराज जोशी पनि घाइते भएका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप