आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुबोको जुसले ज्वरो घटाउँछ, नियमित सेवनले अल्सर हुँदैन, महिनावारीको दुखाइबाट राहत मिल्छ

मङ्गलबार, ०५ असार २०८०, १६ : ४६
मङ्गलबार, ०५ असार २०८०

धेरैले भन्छन् – बिहान शीत भएको दुबोमा हिँड्दा आँखाको ज्योति बढ्छ । मानिसलाई मात्रै होइन, भगवानलाई पनि दुबो प्रिय हुन्छ भन्ने मान्यता राखिन्छ । 

अर्थात्, नेपाली संस्कृतिमा नै दुबो गाँसिएको छ । विवाह, ब्रतबन्ध, पूजा–पाठ वा कुनै पनि माङ्गलिक क्रियाकलाप, दुबो सबै ठाउँमा हुन्छ । दुबो जता पनि उम्रिन्छ । सहजै उपलब्ध हुने भएकोले यसलाई आयुर्वेदमा ‘सहस्र वीर्य’ भनिन्छ । 

धेरैलाई दुबोको जुस बनाएर खाइन्छ भन्ने पनि थाहा नहुन सक्छ । आज हामी तपाईंलाई यसबारे जानकारी दिँदै छौँ । 

ब्लड सुगरको स्तर कम गर्छ

दुबो एक चिसो जडीबुटी हो । आयुर्वेदमा यसको धेरै फाइदाबारे बताइएको छ । भारतकी आयुर्वेद विशेषज्ञ डा. दीक्षा भवसारले दुबोको कुनै पनि रूपमा सेवन गर्दा ब्लड सुगरको स्तर कम हुने जानकारी दिएकी छिन् । हालै गरिएका केही अनुसन्धानमा दुबोको रस पिउँदा मधुमेहका रोगीमा हाइपोग्लाइसेमिक इफेक्ट हुन्छ । अर्थात् ब्लड सुगर कम हुन्छ ।

दुबो प्रयोग गर्ने तीन तरिका

जुस : दुबोको मसिनो पेस्ट बनाउनुहोस्

मनतातो पानीमा एक चम्चा पेस्ट हाल्नुहोस् । त्यो जुसलाई बिहान खाली पेटमा पिउनुहोस्, त्यसपछि तीन घण्टासम्म केही पनि नखानुहोस् ।

पाउडर : दुबोलाई सुकाएर पाउडर बनाउनुहोस्

पाउडरलाई महसँग मिसाएर खानुहोस् । सिधै वा पानीमा मिसाएर खानुहोस् ।

पानी : दुबोलाई एक कप पानीमा रात भरी भिजाउनुहोस्

बिहान ३ देखि पाँच मिनेटसम्म उमाल्नुहोस् । यो पानीलाई छानेर पिउनुहोस् ।

duboकफ र पित्त दुबैका लागि काम गर्छ

डा. दीक्षाका अनुसार कुनै पनि चिसो कुरा रगतका लागि राम्रो हुन्छ । किनभने रगतको प्रकृति तातो हुन्छ र दुबोको चिसो, त्यसैले यो असरदार हुन्छ । जब हामी नुनिलो खानेकुरा खान्छौँ, तब हाम्रो रगतमा इन्फ्लेमेसन (सुजन) हुन्छ । शरीरमा विषालु पदार्थ बन्न थाल्छ । दुबोको रस खाँदा रगत डिटक्सीफाई हुन्छ अर्थात् रगत सफा हुन्छ । 

यसले रगतको विकारलाई ठिक गर्ने काम गर्छ । दुबोले रगतमा कोलेस्ट्रोल स्तर पनि कम गर्छ । यसले हाम्रो मुटुको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । त्यसैले रगत सफा गर्नु छ भने घरमा दुबोको जुस बनाउनुहोस् र पिउनुहोस् । 

दुबोलाई ग्रिन ब्लड पनि भनिन्छ

दुबोको रसलाई ग्रिन ब्लड पनि भनिन्छ । यसको सेवनले रातो रक्त कोशिका पनि बढ्छ । रगतको कमीका कारण हुने रक्तअल्पत्ता पनि निको पार्न सकिन्छ ।

प्रतिरोधी क्षमता बलियो हुन्छ

दुबोलाई प्रतिरोधी क्षमता बढाउने हर्ब बताइएको छ । यसमा आइरन, एन्टी अक्सिडेन्ट्स, क्याल्सियम, फस्फोरस, फाइबर, पोटासियम र प्रोटिनले भरपुर हुन्छ । हामीले शरीरमा पोषक तत्त्वको कमी हुँदा र टक्सिनको मात्रा बढ्दा प्रतिरोधी क्षमता कमजोर हुन्छ । दुबोले डिटक्सीफायर औषधीको रूपमा काम गर्छ, प्रतिरोधी क्षमता पनि बढाउँछ ।

टाउको दुख्दा, ज्वरो आउँदा पनि उपयोगी

तपाईंलाई टाउको दुखिरहन्छ भने दुबोको जुस खाँदा लाभ मिल्छ । यति मात्रै होइन, शरीरमा ऐँठन वा दुखाई छ भने पनि यसले कम गर्छ । दाँत दुखिरहेको छ भने महमा दुबोको रस मिसाएर खानुहोस् वा सुख्खा पाउडरलाई घिउ वा महसँग मिसाएर खानुहोस् । यसले तुरुन्त राहत मिल्छ । ज्वरो आउँदा दुबोको जुस खाँदा सबैभन्दा बढी असरदार हुन्छ । 

कलेजोको लागि टोनिकको काम गर्छ

पेट बटारिएको छ वा दुखिरहेको छ भने दुबोको जुस वा पानी पिउनुहोस्, तत्काल आराम मिल्छ । डा. दीक्षाका अनुसार यो कलेजोका लागि फाइदाजनक छ । पेटमा अल्सर हुँदा दुबोको जुस पिउनुपर्छ ।

यसै गरी दुबोले पाचन प्रक्रिया पनि ठिक हुन्छ । कुलिङ नेचर भएका कारण यो एसिडिटीमा पनि उपयोगी छ । यद्यपि, कब्जियतको समस्यामा दुबोको सेवनले कुनै पनि लाभ मिल्दैन ।

निद्रा लागेन भने दुबोको रस पिउनुहोस्

दुबोको सेवनले तनाव पनि कम गर्छ । यसमा भएको एन्टी अक्सिडेन्टले तनावलाई कम गर्न मद्दत गर्छ । यदि निद्रा लाग्दैन भने दुबोको रस पिउनुहोस् । बिहान नाङ्गो खुट्टाले दुबोलाई कुल्चिएर हिँड्नुभयो भने आँखाको ज्योति बढ्नुका साथै टाउको दुखाई, माइग्रेन पनि निको हुन सक्छ ।

बेसारसँग दुबोको पाउडर मिसाउनुहोस्

दुबोको प्रयोग चिलाउने, बिबिरा आउने समस्यालाई ठिक पार्न पनि गर्न सकिन्छ । मुट्ठी भरी दुबोको पेस्ट बनाउनुहोस् । यसलाई बेसार हालेर छालामा लगाउनुभयो भने छाला रोग निको हुन्छ । सानोतिनो घाउ बन्दा दुबोको पेस्ट काम लाग्छ । 

दुबोले छालाको बिबिरा हटाउनुका साथै छिट्टै घाउ निको पार्न पनि मद्दत गर्छ । नियमित रूपमा दुबोको रस पिउँदा छालामा निखार आउँछ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप