आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
दु:खद घटना

चिकित्सक भन्छन्–मन्त्री सिंहको टाउकोमा चोट, २ जनाको घटनास्थलमै मृत्यु

मङ्गलबार, ०५ असार २०८०, १६ : ५६
मङ्गलबार, ०५ असार २०८०

धनगढी । सवारी दुर्घटनामा परेका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ ।

दुर्घटनापछि उनलाई बझाङस्थित रितु पोलिक्लिनिकमा लगिएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएको हो । साथै उनको नाकबाट अत्यधिक रक्तश्राव भएको पोलिक्लिकका डाक्टर रञ्जित चौरासियाले बताए ।

त्यस्तै, उनमा अक्सिजनको मात्रा, नाडीको चाल कम रहेको र मुटुको चाल भने अधिक रहेको बताइएको छ । उनलाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ । उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ । उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको हो ।

त्यस्तै, उपचारमा संलग्न चिकित्सकले मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको घटना स्लमै मृत्यु भएको बताएका छन् ।

मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नं.को गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप