सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

मङ्गलबार, ०५ असार २०८०, १७ : ०८
मङ्गलबार, ०५ असार २०८०

सर्लाही । मलंगवा नगरपालिका-८ गोरखकाली चोकबाट स्रोत नखुलेको १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मलंगवा नगरपालिका-४ बस्ने ३५ वर्षीय विसुन्द्र प्रसाद चौधरी र सोही नगरपालिका-२ बस्ने ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् ।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी गोरखकालीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको सोनबर्षाबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एस २०८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप