सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्रिडम फाइटरले जित्यो भेट्रान फुटबलको उपाधि

मङ्गलबार, ०५ असार २०८०, १७ : १२
मङ्गलबार, ०५ असार २०८०

काठमाडौं । साविक विजेता फ्रिडम फाइटरले दोश्रो वडाअध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चावहिल स्पोर्टस क्लब र चारुमति युवा क्लबको प्राविधिक सहयोगमा चन्द्रविनायक पार्क चावहिल मैदानमा भएको फाइनलमा फ्रिडमले तकामी भेट्रानलाई ३–१ गोलले हराउँदै उपाधि जोगाएको हो ।

फ्रिडमका लागि ‘म्यान अफ दि म्याच’ घोषित विकर्ण श्रेष्ठले दुइै र राजकुमार घिसिङले एक गोल गरे । तकामीका रितेश थापाले एक गोल फर्काए । उपाधिसँगै फ्रिडमले एक लाख रुपैयाँ नगद पुरस्कार पनि हात पा¥यो । उपविजेता तकामीले ५० हजार रुपैयाँ पुरस्कार पायो । 

काठमाडौं महानगरपालिका वडा नम्बर सातद्वारा आयोजित प्रतियोगितामा तकामीका रितेश थापा सर्वोत्कृष्ट खेलाडी घोषित भए । मुकुन्द थापा सर्वोत्कृष्ट गोलरक्षक, राजनलाल नेपाल सर्वोत्कृष्ट डिफेन्डर र राजकुमार घिसिङ सर्वोत्कृष्ट मिडफिल्डर घोषित भए । तीनैजना सर्वोत्कृष्ट खेलाडी फ्रिडमका हुन् । उनीहरुले जनही पाँच हजार रुपैयाँ पुरस्कार पाए ।

विजेता टोली र खेलाडीलाई नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडा, चावहिल स्पोर्टस क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । सो अवसरमा विश्व साइकल यात्री शुभप्रसाद शर्मालाई आयोजक वडा ७ ले प्रोत्साहन स्वरुप नगद दुई लाख रुपैयाँ प्रदान गरेको थियो । साताव्यापी नकआउट प्रतियोगितामा मोफसलका ६ सहित २१ वटा टोलीसहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप