सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ३३ लाख ५० हजारसहित एक जना पक्राउ

मङ्गलबार, ०५ असार २०८०, २२ : ३५
मङ्गलबार, ०५ असार २०८०

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध फूलबारीमा नाम्गेल भन्ने किंगाले सञ्चालन गरेको हिमालयन हस्तकला नाम गरेको पसलबाट स्रोत नखुलेको रकमसहित मनाङ ङिस्याङ गाउँपालिका घर भएका ३० वर्षीय कर्मा ल्हामो गुरुङलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले ३३ लाख ५० हजार हुण्डीको रकमसहित गुरुङलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका गुरुङसँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप