आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकमाथि छलफल जारी रहने

बुधबार, ०६ असार २०८०, ०६ : २०
बुधबार, ०६ असार २०८०

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन बानेश्वरमा  बिहान ११ः०० बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । 

आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ । 

यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।

65464567

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप