सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसेज टेस्ट शृङ्खला : अस्ट्रेलियाको रोमाञ्चक जीत

बुधबार, ०६ असार २०८०, ०८ : ५२
बुधबार, ०६ असार २०८०

बर्मिङहम । एसेज टेस्ट शृङ्खला अन्तरगतको पहिलो खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हासिल गरेको छ । इंग्ल्याण्डले प्रस्तुत गरेको २ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले ८ विकेटको क्षतिमा पछ्याएको हो ।

२ सय २७ रनमा ८ विकेट गुमाएको अस्ट्रेलियाका लागि कप्तान प्याट कमिन्सले नटआउट रहँदै ४४ रन तथा न्याथन लियोनले १६ रन बनाउँदै जीतसम्म डोर्‍याए । यसअघि ओपनरद्वय उस्मान ख्वाजाले ६५ तथा डेभिड वार्नरले ३६ रन बनाउँदै अस्ट्रेलियालाई राम्रो सुरुवात दिलाएका थिए । 

तर, स्टुअर्ट ब्रोडले मध्यक्रमलाई ध्वस्त बनाएपछि अस्ट्रेलिया हार नजिक पुगेको थियो । अस्ट्रेलियाका लागि क्यामरुन ग्रिनले २८ तथा एलेक्स केरीले २० रन बनाए ।  इंग्ल्याण्डका लागि ब्रोडले ३ तथा ओली रोबिन्सनले २ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

इंग्ल्याण्डले ८ विकेटको क्षतिमा ३९३ रन बनाउँदै पहिलो पाली समाप्तिको घोषणा गरेको थियो । जवाफमा अस्ट्रेलियाले ३८६ रन बनायो । दोस्रो पालीमा भने इंग्ल्याण्ड २७३ रनमा समेटिएको थियो । पहिलो पालीमा १४१ रन तथा दोस्रो पालीमा ६५ रन बनाएका ख्वाजा प्लेअर अफ द म्याच चुनिए । अब दोस्रो टेस्ट जुन २८ मा लर्डस् मैदानमा खेलिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप