सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नर्वेको जीतमा हालान्डको दुई गोल

बुधबार, ०६ असार २०८०, ०९ : १६
बुधबार, ०६ असार २०८०

ओस्लो । अर्लिङ हालान्डको दुई गोलको मद्दतले नर्वेले युरो २०२४ छनोट खेलमा साइप्रसमाथि ३–१ को सहज जीत हासिल गरेको छ । 

खेलको १२ औँ मिनेटमा ओला सोलबोकेनको गोलको मद्दतले नर्वेले खेलमा अग्रता दिलाएका थिए । म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डले दोस्रो हाफको ५६ औँ मिनेटमा पेनाल्टीबाट टोलीको अग्रता दोब्बर बनाए । ४ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

खेलको इन्जुरी समयमा साइप्रसका लागि ग्रिगोरिस कास्टानोसले सान्त्वना गोल गरे । नर्वे सन् २००० को युरो यता कुनै पनि मुख्य प्रतियोगितामा छनोट भएको छैन । 

जर्मनीमा हुने युरो २०२४ को छनोटको समूह ए मा रहेको टोलीले यसपटक पनि खराब सुरुवात गरेको छ । ४ खेलमा टोलीले एकमात्र जीत हासिल गरेको छ । ४ खेलबाट टोलीको ४ अंक रहेको छ । समूहमा १२ अंकसहित स्कटल्याण्ड शीर्ष स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप