सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मानेको दुई गोलमा ब्राजिल पराजित

बुधबार, ०६ असार २०८०, १० : १५
बुधबार, ०६ असार २०८०

लिसबन । साडियो मानेले दुई गोल गर्दा ब्राजिल सेनेगलसँग मैत्रिपूर्ण खेलमा पराजित भएको छ । मंगलबार राति पोर्चुगलको लिसबनमा भएको खेलमा ब्राजिल २–४ गोलले पराजित बन्यो ।

खेलमा अग्रता भने ब्राजिलले लिएको थियो । लुकास पाकेटाले खेलको ११ औँ मिनेटमा नै ब्राजिललाई अग्रता दिलाएका थिए ।  तर, हबिब डिआलोले खेल बराबरी गरे । 

दोस्रो हाफको सुरुवातमा मार्किन्होसले आत्मघाती गोल गरेपछि सेनेगलले अग्रता लियो । लगत्तै मानेले सेनेगललाई दुई गोलको अग्रता दिलाए । त्यसको तीन मिनेटपछि नै मार्किन्होसले एक गोल फर्काए पनि इन्जुरी समयमा मानेले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप