सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चोरीको ३ वटा मोटरसाइकल सहित युवक पक्राउ

बुधबार, ०६ असार २०८०, १० : २१
बुधबार, ०६ असार २०८०

काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा प्रहरी वृत्त चापागाउँले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–१ घर भएका गणेशमान घलान छन् ।

जेठ २९ मा ललितपुरको ठेचोमा पार्किङ गरेर राखेको बा.९५ प ६०७० नम्बरको मोटरसाइकल चोरी भएको सूचना पाएपछि प्रहरीले बागमती गाउँपालिका–३ स्थित छपेलीमा ‘एम्बुस’ राखेको थियो । प्रहरी देखेपछि मोटरसाइकल दौडाएर फरार भएका घलान लडेर घाइते भए । उपचारपछि उनलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त चापागाउँका डिएसपी कृष्ण चन्दले रातोपाटीलाई बताए ।

घलानले चोरेको ३ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । आरोपित विरुद्ध  ५ दिनको म्याद लिएर प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ । प्रहरीको एम्बुस छलेर भागेका दुई जना फरार छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप