सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१७१ औँ स्थानमा रहेको मोल्डोभासँग पोल्याण्ड स्तब्ध

बुधबार, ०६ असार २०८०, १० : ३५
बुधबार, ०६ असार २०८०

किसिनभ । युरो २०२४ को छनोट खेलमा पोल्याण्ड विश्व वरीयतामा १७१ औँ स्थानमा रहेको मोल्डोभासँग पराजित भएको छ । सन् २०१३ यता मात्र दोस्रो छनोट खेल खेलिरहेको मोल्डोभाले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै ३–२ को शानदार जीत हासिल गरेको हो ।

फिफाको वरीयतामा २३ औँ स्थानमा रहेको पोल्याण्डले शुक्रबार मात्रै जर्मनीलाई मैत्रीपूर्ण खेलमा हराएको थियो । मंगलबारको खेलमा पनि टोलीले ३४ औँ मिनेटमा अर्काडिसुज मिलिक र रोबर्ट लेवान्डोस्कीको गोलको मद्दतले २–० को अग्रता लिइसकेको थियो । बार्सिलोनाका स्ट्राइकरको देशका लागि ७९ औँ गोल थियो । मोल्डोभाका रेकर्ड गोलकर्ताभन्दा उनले गरेको गोल सङ्ख्या ६७ ले बढी छ ।

तर, दोस्रो हाफमा मोल्डोभा खेलमा फर्कियो । इओन निकोलासेकुले दुई गोल गर्दै खेल बराबरी गरे । २४ वर्षीय खेलाडीले देशका लागि सर्वाधिक गोलको कीर्तिमान पनि बनाए । उनले हालसम्म १२ गोल गरेका छन् । यसअघि यो कीर्तिमान सर्घेइ क्लेसेन्कोको नाममा थियो । ११ गोल गरेका उनी हाल टोलीका प्रशिक्षक रहेका छन् ।

८५ औँ मिनेटमा गत हप्तामात्र टोलीका लागि डेब्यु गरेका भ्लाडिस्लाभ बाबोग्लोले गोल गर्दै पुनरागमन पुरा गरे । यसअघि युरोपियन च्याम्पियनसिप वा विश्वकप क्वालिफायरमा खेलिएका ४३ खेलमध्ये मात्र एक खेलमा जीत हासिल गरेको थियो । टोलीले सन् २०१९ मा एन्डोरालाई १–० गोलले हराएको थियो ।

पराजयसँगै समूह ईमा पोल्याण्ड चौथो स्थानमा सीमित भएको छ । समूहमा चेक रिपब्लिक ७ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप