सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

किसानलाई मल र विद्यार्थीलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

बुधबार, ०६ असार २०८०, १३ : १४
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेकपा (एमाले) की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा बोल्दै उनले रोपाइँ सुरु हुँदा पनि मलको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरिन् । सांसद महतोले विभिन्न रोगव्याधिहरु फैल्ने अवस्था आएकाले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए ।

उनले भने– ‘नयाँ शैक्षिक सत्र सुरु भयो । विद्यार्थीलाई पुस्तक छैन । किसानको रोपाई सुरु भयो । मल छैन । महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन । हत्या, हिंसाले त्रास बढाएको छ । न्याय पाउने आश छैन । रोजगारीका लागि विदेश जानुपर्ने राज्यले नसोच्ने । सरकार कहाँ छ ? सभामुख महोदय । यसमा ध्यान दिन म सरकारसँग माग गर्दछु ।’

सांसद महतोले युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढदा पनि सरकारले उनीहरुलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै सोचाई नराखेको भन्दै आक्रोश व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप