आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

योगको सुरुवात नेपालबाटै भएको हो : केपी ओली

बुधबार, ०६ असार २०८०, १५ : २८
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगको सुरुवात नेपालबाटै भएको दाबी गरेका छन् । 

९ औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालयमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ३५,३६ वर्षअघि नेपालले योग दिवस मनाउन सुरु गरिसकेको बताएका हुन् ।

‘नेपालले नै विश्वमा पहिलो पटक योग दिवस मनाउन किन प्रारम्भ गर्‍यो ? अरूले मनाएको थिएन । हामीसँग विद्धान ऋषिमुनीहरुको जिनेटिक मेमोरी छ । त्यो स्मृति छ हामीसँग’, ओलीले भने, ‘त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ । त्यसैकारण हो ।’

उनले योग अरूले पनि सुनेपनि पुर्नउत्थान र पुर्नजागरण नेपालबाटै भएको भन्दै योग व्यवस्थित उद्देश्य र सिद्धान्त रहने भन्दै यसको सुरुवात गर्नेहरूलाई आभार व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप