आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागरिकता विधेयकको मुद्दा छिटो किनारा लगाउन सांसद श्रेष्ठको माग

बुधबार, ०६ असार २०८०, १८ : २२
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले नागरिकता विधेयकसम्बन्धी अदालतमा परेको मुद्दा छिटो किनारा लगाउन माग गरेका छन् । 

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद श्रेष्ठले नागरिकता विधेयक सम्बन्धी सर्वोच्च अदालतमा रहेको मुद्दालाई छिटो किनारा लगाउन माग गरेका हुन् ।   

सांसद श्रेष्ठले नागरिकताविहिनहरुको आन्दोलनमा प्रहरीको धरकपट भएको भन्दै सरकारको ध्यानाकर्षण पनि गराए । उनले समाजवादी मोर्चा नेपालबाट कोहीपनि आत्तिनु नपर्ने बताए । मोर्चा घोषणा भएपनि मोर्चाको विस्तृत खाका भने आउन बाँकी नै रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप