सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालीलाई लाओसमा लगेर अनलाइन ठगीमा लाग्न बाध्य बनाउने २ जना पक्राउ

बुधबार, ०६ असार २०८०, २० : ०८
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेपालीलाई ‘पर्यटक भिसा’मा कलकत्ता हुँदै लाओसमा लगेर त्यहाँ गैरकानुनी काम गर्न बाध्य बनाएको आरोपमा मानव बेचबिखन ब्यूरोले दुईजनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कालिकोट घर भएर काठमाडौँको नागार्जुन बस्ने २५ वर्षीय पदम नेपाली र नुवाकोट ककनी गाउँपालिका–७ घर भएर गोकर्णेश्वर बस्ने ३८ वर्षीय श्याम कुमार तामाङ छन् ।

आरोपीतहरुले कलत्ताबाट थाइल्याण्ड हुँदै नेपालीलाई लाओसमा लगेर अनलाइन मार्फत क्रिप्टो करेन्सी र प्रेमको जाल बुनेर ठग्ने धन्दामा लगाउने गरेको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ ।

नेपालीहरुलाई आरोपीतहरुले लाओसमा चिनियाँको सम्पर्कमा लैजाने र चिनियाँ नागरिकले बन्धक बनाएर अनलाइन ठगीमा लगाउने गरेको थाहा भएको ब्यूरोका एसएसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । एसएसपी श्रेष्ठले भने–‘पक्राउ परेका दुईजनाले लाओसमा रहेका चिनियाँकाको सहयोगीको काम गरेको खुलेको छ, थप अनुसन्धान गर्दै छौं ।’

लाओसबाट फर्केर आएका पीडितहरुले बन्धक बनाएर आफूहरूसँग नेपालबाट त्यहाँ लगेबापत ७ लाख नगद लिएको बयान दिएका छन् । लाओसमा बसेर चिनियाँ नागरिकले अमेरिका र युरोपका नागरिकलाई लक्षित गरेर अनलाइनमार्फत ठगी धन्दा चलाएको पीडितहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप