सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा दुई जना पक्राउ

बुधबार, ०६ असार २०८०, २१ : ०२
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको लोगो किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका घर भएका २४ वर्षीय नविन पौडेल र पोखरा महानगरपालिका–२ घर भएका आशिष अधिकारी छन् ।

‘पिपिएम एसोसिएसन प्रालि’ नामक इन्स्टिच्युट संचालक आरोपीहरुले काउन्सिलको स्वीकृति बिना लोगो, नाम र परीक्षा प्रश्नपत्रको ढाँचा प्रयोग गरेर काउन्सिलले लिने परीक्षाको प्रश्नपत्रको नमुना तयार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

आरोपीहरुलाई कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप