सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुस्कुराउने प्रयासमा  ‘दानवहरू’को शिकार बनेकी ‘गुडिया’...

बिहीबार, ०१ चैत २०७४, १० : ३८
बिहीबार, ०१ चैत २०७४

काठमाडौँ– ‘गुडिया’ र मेरो हिजो दोस्रो पटक भेट भयो ।  

६ दिन पहिला भेटेको ‘गुडिया’ र आजको 

‘गुडिया’मा निकै फरक पाएँ ।

नयाँ भेस्ट, नयाँ फ्रक, कपालको दुई ठाउँमा रातो गुलाबी रङ्गको क्लिप ।

ती कलिला हातमा रातो चुरा ।

त्यही चुरा छमछम बजाउँदै खेलौनासँग खेलिरको दृश्य देख्दा मनै प्रफुल्ल भयो ।

उनलाई रातो रङ्ग मन पर्दाेरैछ ।

तिमीलाई कुन रङ्ग मनपर्छ भन्दा उनी आफ्नै भाषामा लालर ङग भन्छिन् ।

उनको रोजाइ अनुसार नै उनको हेरचाहमा अहोरात्र खटिरहेकी दुर्गा पाण्डेले रातो रङ्गको क्लिप, चुरा अनि चप्पल पनि रातो रङ्गकै ल्याइदिएकी छिन् ।

यो कुरा मैले कुनै खानदानी परिवारमा जन्मेकी ‘गुडिया’को कुरा गरिरहकी छैन । निम्न वर्गको परिवारमा जन्मेकी, त्यसमा पनि ७ वर्ष ३ महिना पुगेपछि बल्ल भविश्य कोर्नका लागि कक्षा १ मा भर्ना भएकी ती निर्दाेष बालिका जो फागुन १७ गते पर्सामा सामूहिक बलात्कारको शिकार बनिन् ।

म त्यही बालिका अर्थात ‘गुडिया’को बारेमा जानकारी गराउँदै छु । अहिले ‘गुडिया’ नयाँ मान्छे देख्ने बित्तिकै मुसुक्क हाँस्छिन् । उनको हाँसोले हामीलाई पनि पीडा कम हुँदै गएको हो कि भन्ने भान हुन्छ । तर ‘गुडिया’लाई जिन्दगीभर यो पीडाले छाड्ने छैन् । उनको गोप्य अङ्गमा ठूलो घाउ रहेको छ भने भित्र पनि ७ टाँका लगाइएको छ । अहिले पनि पिप र मासुको टुक्रा बगिरहन्छ ।

अहिले उनी उठ्न बस्न सक्छिन् । तर चिकित्सकको भनाइ अनुसार उनी आफैले हिँडडुल गर्न मिल्दैन ।

‘गुडिया’ रामनारायण मुखियाको तेस्रो सन्तान हुन् । ‘गुडिया’को २ दिदी र ३ बहिनी छन् । छोरी नै छोरी भएको कारण छोराको पखाइमा छन्, उनको परिवार आमाले आज भोलि नै भाइ अथवा बहिनी जन्माउने छन् । बहिनी जन्मे फेरि यो परिवार निराश हुनेछ । भाइ भए खुशी तर यो निराश र खुशी कुनै पनि क्षणमा ‘गुडिया’ हुने छैन । आज १० दिन भयो ‘गुडिया’को ग्रिन सिटी अस्पतालमा उपचार गराइएको अस्पलातको भनाइ अनुसार उनलाई आज नै डिस्चार्ज गरिने छ ।   

 दुर्गा पाण्डे ‘गुडिया’लाई काठमाडौँ ल्याएदेखि उनको साथमा नै छिन् । उनी भन्छिन् ‘गुडिया’लाई अस्पतालको आईसीयूमा राख्दा आजको मितिमा यस्तो होला भन्ने मलाई लागेकै थिएन ।’ ‘गुडिया’ फ्रेस भए पनि उनको पीडा हराएको छैन । आफू के भएर अस्पताल ल्याएको हो भन्ने कुरा पनि उनलाई थाहा छैन ।’ यस्तै पाण्डे भन्छिन्, ‘गुडिया’को घाउबाट पिप, मासुको टुक्राहरू अझै बगिरहको छ ।’

पाण्डेको भनाइ अनुसार ‘गुडिया’ राति निदाउनै सक्दिनन् । तर्सिरहन्छिन् । बिहान ५ बजेपछि केही समय निदाउँछिन् ।’ अझै नयाँ मान्छे देख्दा अँध्यारो मुख लगाउँछिन् । 

‘गुडिया’ अब आफ्नो इच्छा अनुसारको माग गर्न थालेकी छिन् । उनलार्ई मनपर्नै पकौडा, सुन्तला हो । उनको रेखदेश गर्दै आएकी दुर्गा भन्छिन् ‘रातो फ्रक ल्याइदेऊ न भनेकी थिइन्, अरू त ल्याइदियौँ, फ्रक चाहिँ भेटेनौँ ।’ अब त ‘गुडिया’ले साइकल चाहियो भनेकी छिन् ।’

अब पर्सा जाने ‘गुडिया’को चाहान छैन ।  विपन्न परिवारमा जन्मेकी ‘गुडिया’लाई पीडा भुलाउनको लागि उनको मागअनुसार सबै कुरा रक्षा नेपालले पूरा गरिदिएको छ । बालपन भएकी ‘गुडिया’ले मागेअनुसार सबै पाएको कारण उनी पर्सा नजाने भनेकी होलिन् भन्ने पाण्डेको अनुमान छ ।

उनी अब रक्षा नेपालकै रोहबरमा काठमाडौँमा नै रहनेछिन् ।
 
रातोपाटी संवाददाता अञ्जु तामाङले पहिलो पटक गुुडिया भेटेपछि लेखेको थिइन्:

‘गुण्डाको इन्काउन्टर हुन्छ भने बलात्कारीलाई फाँसी किन हुँदैन ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप