आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टाइटनिक भग्नावशेष नजिक आवाज सुनियो, पनडुब्बी भने अझै भेटिएन

बिहीबार, ०७ असार २०८०, ०७ : ३९
बिहीबार, ०७ असार २०८०

क्यानडा । टाइटानिक जहाजको भग्नावशेष हेर्न मानिस बोकेको पनडुब्बी गत आइतबार दिउँसोदेखि बेपत्ता छ । बीबीसीका अनुसार पनडुब्बीमा केही घण्टा मात्रै अक्सिजन बाँकी छ । अमेरिकी कोस्ट गार्डले बिहीबार बिहानसम्म पनडुब्बीमा अक्सिजन सकिन सक्ने बताएको छ ।

क्यानडाको तर्फबाट खोजी कार्यमा संलग्न विमानले सोनार बोयको सहायताले केही आवाज सुनेको जनाएको छ । टाइटानिकको भग्नावशेष रहेको ठाउँ नजिकै यो रेकर्ड गरिएको थियो। आवाजहरू लगभग ३० मिनेटको अन्तरालमा रेकर्ड गरिएको थियो । 

बेपत्ता जहाजमा पाइलट र ४ जना यात्रु सवार थिए । १८ जुनको दिउँसो समुन्द्रमा पसेको सो पनडुब्बी १ घण्टा ४५ मिनेटपछि राडारबाट हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप