राजनीति
रास्वपाले दियो अनिल केशरी शाहलाई जिम्मेवारी
बिहीबार, ०७ असार २०८०, १२ : ११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अनिल केशरी शाहलाई जिम्मेवारी दिएको छ । आजै पार्टी प्रवेश गरेका उनलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिइएको सभापति रवि लामिछानेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।