सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

माल्टा पठाइदिन्छु भन्दै चार लाख ठगी गर्ने एक जना पक्राउ

बिहीबार, ०७ असार २०८०, २० : २६
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै चार लाख ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ स्थायी घर भई काठमाडौँ बस्दै आएका २६ वर्षीय सौरब गौतम रहेका छन् ।  

उनले उदय भण्डारीसहित २ जनालाई माल्टा पठाइदिन्छु भन्दै चार लाख ठगी गरेको प्रहरीले जनाएको छ । माल्टा जान प्रतिव्यक्ति ८ लाख ५० हजार लाग्ने भन्दै गौतमले पीडितहरुबाट ४ लाख लिएपछि सम्पर्क बिहिन भएका थिए । 

यस सम्बन्धमा थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले बताएको छ । 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप