आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हुम्लामा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया

बिहीबार, ०७ असार २०८०, २० : ५४
बिहीबार, ०७ असार २०८०

हुम्ला । हुम्लाको सर्केगार्डमा ९० जनाले मोतियाविन्दुको निःशुल्क शल्यक्रियाबाट आँखाको ज्योति पाएका छन् । 

तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सर्केगार्ड गाउँपालिकामा असार १ र २ गते सञ्चालन गरेको शिविरबाट ४२ महिला र ४८ पुरुष गरी जम्मा ९० जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । 

यस्तै, दुई सय ४४ जनाको आँखाको जाँच गरिएको प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा रीता गुरुङले जानकारी दिइन् । “हुम्लाको मध्य भागमा पर्ने सर्केगार्डमा सिमीकोटबाट दुई दिनको पैदल यात्रापश्चात् हाम्रो टोली यस स्थानमा पुगेको थियो । शिविरमा जिल्लाको ताँजकोट, अदानचुली, चङ्खेली र सर्केगार्डका आँखा बिरामीहरूले सेवा लिनुभएको छ”, उनले भने ।  

सर्केगाडका ६८ वर्षीय स्थानीय बैरा फडेराले शल्यक्रियापश्चात् तीन वर्षदेखि गुमेको आँखाको ज्योति फर्किएकामा खुसी व्यक्त गरे । अर्का स्थानीय जमकला सार्की विगत दुई वर्षदेखि गुमेको आँखाको दृष्टि पुनः प्राप्त गरेपछि चिकित्सकप्रति आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ ।  

प्रतिष्ठान र सर्केगार्ड गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित सो शिविरका लागि सेवा फाउन्डेसनले आर्थिक सहयोग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप