आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
हिन्दी फिल्म संवाद प्रकरण

आदिपुरुष बाहेकका हिन्दी फिल्म चलाउने चलचित्र संघको निर्णय

शुक्रबार, ०८ असार २०८०, १४ : २८
शुक्रबार, ०८ असार २०८०

काठमाडौँ । नेपाल चलचित्र संघले हिन्दी आदिपुरुषबाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सो जानकारी गराएको हो । 

उच्च अदालत पाटनले २०८० असार ७ गते विपक्षीहरुको नाममा हिन्दी चलचित्र प्रदर्शनमा राेक नलगाउन अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यस्तै नेपाल कानुनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको समेत संघले बताएको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौँ महानगरभित्र हिन्दी फिल्म रोक लगाउने गरेका थिए । बालेनको यस्तो निर्णयपछि पोखरा महानगरपालिका लगायतका केही स्थानीय निकायले पनि हिन्दी फिल्म रोक लगाउने निर्णय गरेका थिए ।

विज्ञप्ति :

355560472_143362728761947_1857447211666566282_n
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप