जबर्जस्ती करणी गरेको अभियोगमा नागार्जुनबाट एक पुरुष पक्राउ
शुक्रबार, ०८ असार २०८०, १६ : १६
काठमाडौँ । काठमाडौँको नागार्जुनबाट जबर्जस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रभुराम सिलवाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
सिलवालले गत सोमबार ती किशोरीलाई ललाई फकाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।