आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बालेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार, ०८ असार २०८०, २० : ०९
शुक्रबार, ०८ असार २०८०

काभ्रे । काभ्रेको बेथानचोकमा बालेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो बेथानचोक गाउँपालिका–४ पडगाउँ डाँडा देखि क्लबघर निस्कने सडकमा बा १७ च ३० बोलेरो गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

तीव्र गतिको बोलेरो गाडी अनियन्त्रीत भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय बनेपा काभ्रेका प्रहरी नायव उपरिक्षक रेशम बोहराले जानकारी दिए । उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बेथाञ्चोक गाउँपालिका–४ पडगाँउ डाँडा का दल बहादुर तामाङको मृत्यु भएको हो । उनको बनेपा स्थित शिर मेमोरियल हस्पिटल मा उपचारका क्रममा मृत्यु भएको बोहराले बताए ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सवारी चालक चालक श्रीराम खत्रीको दुबै खुट्टामा चोट लागेको छ भने गाडीमा सवार राजु लामाको टाउकोमा चोट लागेको छ । अर्का घाइते धमाइ तामाङको शरिरमा सान्य चोट लागेको बोहराले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप