आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विपद्

संखुवासभाका बेपत्ता २१ जनाको अवस्था अझै अज्ञात

खोजीमा सुरक्षाकर्मीको टोली सक्रिय
शुक्रबार, ०८ असार २०८०, २० : ३५
शुक्रबार, ०८ असार २०८०

विराटनगर । भारी वर्षापछि आएको बाढी पहिरोमा परी बेपत्ता भएका संखुवासभाका २१ जनाको अवस्था अझै अज्ञात छ । 

बेपत्ताको खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबाट विभिन्न स्थानमा खोजी जारी छ ।

गत असार २ गते राति अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी बेपत्ता भएका २१ मध्ये एक जनाको शव आधा भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन । 

बेपत्ताहरूको खोजी कार्यका लागि तालिमप्राप्त कुकुर माग गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए । 

बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरमा सुरक्षाकर्मी परिचालित छन्  । त्यस्तै गरी आज कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, प्रमुख जिल्ला अधिकारी कार्की, सुरक्षा निकायका प्रमुख प्रतिनिधि र स्थानीयको टोलीले बाढी प्रभावित क्षेत्र सभाखोलामा निरीक्षणसमेत गरेको छ । 

बाढी पहिरोमा पर्ने १६ जना सुपर हेँवाखोला हाईड्रोपावरका मजदुर हुन् भने अपर हेँवाखोला जलविद्युत आयोजनाका १ जना रहेका छन् । 

यस्तै, अमर कन्ट्रक्सनका १ जना मजदुर र सभापोखरी गाउँपालिकाका २ जना स्थानीय बेपत्ता भएका छन् । 

बाढी पहिरोका कारण जिल्लाका ८ वटा हाईड्रोपावरमा क्षति पुगेको छ । बाढीले दुई वटा पक्की पुल बगाएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप