सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुर यातायात कार्यालयबाट दुई जना बिचौलिया पक्राउ

शुक्रबार, ०८ असार २०८०, २१ : ४०
शुक्रबार, ०८ असार २०८०

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई जना बिचौलिया पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ३ का २० वर्षी अक्षय कुमार यादव र जनकपुरधाम उप–महानगरपालिका ११ का २७ वर्षीय प्रविण झालाई रहेका छन् ।  

उनीहरुलाई शुक्रबार जनकपुर यातायात कार्यालयबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले काम छिटो गरिदिन्छु भन्दै आर्थिक लाभ लिने गरेको पाइएको छ । 

सेवाग्राहीसँग आर्थिक लाभको बार्गेनिङ गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप