सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप छनोट

नेदरल्यान्ड्सविरुद्ध नेपालको पहिलो विकेट खस्यो

शनिबार, ०९ असार २०८०, १२ : ५८
शनिबार, ०९ असार २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्घको खेलमा पहिलो विकेट गुमाएको छ ।

 नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् । उनको विकेट नेदरल्यान्ड्सका बलर भान विकले लिएको हुन् । आसिफ शून्य रनमै बोल्ड भएका हुन् । 

नेपालले सात रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको हो । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप