सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट जुवातास खेलिरहेका सात जना पक्राउ

शनिबार, ०९ असार २०८०, १६ : ५९
शनिबार, ०९ असार २०८०

काठमाडौँ । काठमाडौँमा जुवातास खिलरहेका सात जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२६ ठमेल क्वाबहालस्थित सिन्धुपाल्चोक बलेफी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ नयाँबजार बस्ने ५० वर्षीय बुल बहादुर भण्डारीको ब्रिज स्नोकर हाउसमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ५ सय ६० रूपैयाँ  र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप