सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

स्रोत नखुलेको ८ लाखसहित एकजना पक्राउ

शनिबार, ०९ असार २०८०, १७ : ०८
शनिबार, ०९ असार २०८०

पर्सा । स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका-१६ स्थित सडकबाट स्रोत नखुलेको रकमसहित बारा प्रसौनी गाउँपालिका-२ बस्ने ३३ वर्षीय सुनिल कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी इनरुवा र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.२८ प ९००८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप