आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा लाखौँको गहना र नगद चोरी

शनिबार, ०९ असार २०८०, १७ : २३
शनिबार, ०९ असार २०८०

ललितपुर । ललितपुरमा लाखौँ रुपैयाँको धनमाल चोरी भएको छ ।  महालक्ष्मी नगरपालिका-४ केरूटोल डेरा गरी बस्ने धनकुटा बिचबजार घर भएका ४२ वर्षीय मनोज श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गहना तथा नगद समेत गरी करिब १० लाख रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको हो । 

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । उता मोरङको धनपालथान गाउँपालिका-४ कर्सिया बजारस्थित रंगेली नगरपालिका-७ बस्ने दिपेन सोनीको राधेकृष्ण ज्वेलर्सबाट ल्यापटप १ थान, करिब ४ तोला सुनको गहना, करिब ४ सय ४० तोला चाँदीको गहना समेत गरी करिब १० लाख ९३ हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप