सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
कविता

टमाटर

शनिबार, ०९ असार २०८०, १८ : ३३
शनिबार, ०९ असार २०८०

अर्गानिक भएर के गर्नु ?    
स्वदेशी भएर के गर्नु ?
जब भाउ नै दिँदैनन्
अनि फालिनुपर्छ मैले
आफ्नै धर्तीमा सधैँभरी

गुणवान् भएर के गर्नु ?
ताजा भएर के गर्नु ? 
जब तिमीले नै 
छेकबार लगाएपछि
बहुमूल्य भएर पनि
कौडीको भाउ लागिरहेछ
बजारमा टमाटरको
जस्तो तिम्रो र मेरो बिचमा
लगाउँछन् यहाँ
छेकबार र भाउ 

टमाटरको भाउ नबुझ्नेहरूलाई
मेरो भाउ कसरी थाहा होस् ?
र फालिरहेछौ तिमी मलाई
सडकमा, कौडीमा, वडा सदस्यमा... ।

कवि लालबन्दी नगर वाङ्मय परिषद्का संस्थापक सदस्य हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मकरबहादुर सार्की
मकरबहादुर सार्की
लेखकबाट थप