सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेल्जियन फुटबलर सेड्रिकको निधन

आइतबार, १० असार २०८०, ११ : १६
आइतबार, १० असार २०८०

काठमाडौँ । बेल्जियमको राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सेड्रिक रुसेलको ४५ वर्षको उमेरमा निधन भएको छ । उनले बेल्जियमको राष्ट्रिय टोलीबाट तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले इङ्ल्यान्डको कोभेन्ट्री सिटी र बेल्जियन क्लब जेन्टबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

यसका अतिरिक्त उनले उल्भरह्याम्पटन, जेन्क, रुबेन कजान, मोन्सलगातका थुप्रै क्लबबाट ब्यवसायीक फुटबल खेलेका थिए । ‘हाम्रा पूर्वखेलाडी सेड्रिक रुसेलको शनिबार राति निधन भएको छ,’ बेल्जियन क्लब मोन्सले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप