सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नागढुंगाबाट खैरो हेरोइनसहित युवक पक्राउ

आइतबार, १० असार २०८०, १७ : ४२
आइतबार, १० असार २०८०

काठमाडौँ । काठमाडौँको नागढुंगा नाकाबाट खैरो हेरोइनसहित युवक पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट खैरो हिरोइन जस्तो देखिने पदार्थ ५ ग्रामसहित मोरङ लेटाङ नगरपालिका–३ बस्ने २६ वर्षीय ईन्द्र राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण व्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा।प्र ०१–०२००१ ख ९८३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरिएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप