बजेट पास हुँदैन, संशोधन गर्न मिल्दैन : चित्रबहादुर केसी
आइतबार, १० असार २०८०, १८ : १७
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले बजेटमा भेदभाव गरिएको भन्दै पास हुन नसक्ने बताएका छन् । आइतबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सिद्धान्त तः बजेट संशोधन गर्न नमिल्ने बताए ।
अध्यक्ष केसीले बजेटमाथिको अहिलेको छलफल जनता भुल्याउने काम मात्रै भएको बताए । उनले अहिलेका राजनीतिक दलहरुले संसदीय पद्धतिका कुरा गर्नु जनतालाई उल्लु बनाउनुसरह भएको बताए । उनले जनतालाई झुक्याएर सत्तामा रहनुको नाटक मञ्चन राजनीतिक दलहरुले गरिरहेको बताए ।
अध्यक्ष केसीले बजेटमा भेदभाव र अन्याय गरिएको बताए ।