आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी गाउँपालिकाको बजेट ६१ करोड

आइतबार, १० असार २०८०, १८ : ५२
आइतबार, १० असार २०८०

गोरखा । गण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१का लागि ६१ करोड रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । गाउँ पालिकाले बजेट बेहोर्ने स्रोतका रूपमा आन्तरिक राजस्व, अन्तरसरकारी राजस्व बाँडफाँड तथा संघ र प्रदेशबाट प्राप्त हुने अनुदान रकमलाई आधार बनाएर बजेट सार्वजनिक गरिएको गाउँ पालिका अध्यक्ष दीपक तिम्लिसिनाले रातोपाटीलाई जानकारी दिए । 

अध्यक्ष तिम्लिसिनाले आगामी आर्थिक वर्षको बजेट मुख्य गरी कृषि र स्वास्थ्यमा केन्द्रित गरेर बजेट ल्याइएको बताए । जसअन्तर्गत कृषि उत्पादनलाई जोड दिँदै कृषि एम्बुलेन्स सञ्चालन गर्ने, स्वास्थ्यको हकमा सुत्केरी अशक्त र विपन्न नागरिक हरूको लागि निःशुल्क एम्बुलेन्स सञ्चालन गरिने छ । भौतिक निर्माणतर्फ वडा गौरवको आयोजना सञ्चालन गर्ने र त्यसमा ८ वटै वडाका लागि ५० लाखको दरले वडा गौरव आयोजना यस वर्ष पनि बजेटमा समावेश गरिएको अध्यक्ष तिम्लिसिनाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप