आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम : कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

सोमबार, ११ असार २०८०, ०५ : ३१
सोमबार, ११ असार २०८०

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्य बदली रहनेछ। 

कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। मधेस प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरूमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।

भारी वर्षा र मेघ-गर्जन र चट्याङका कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावको जोखिम र क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप