आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाल गायिका अमिसाले ल्याइन् गीत ‘नाचूँ नाचूँ लाग्छ’

सोमबार, ११ असार २०८०, १२ : १३
सोमबार, ११ असार २०८०

काठमाडौँ । बाल गायिका अमिसा बजगाईँको स्वर रहेको गीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द र राजेन्द्र बजगाईँको सङ्गीत रहेको गीतको भिडियो पनि बनेको छ । जसको निर्देशन पनि सङ्गीतकार बजगाईँले गरेका हुन् ।

भिडियोमा गायिका अमिसा नै देखिएकी छन् । केशव विश्वकर्माको छायाङ्कन, राजेश कुँवरको सम्पादन रहेको  भिडियो म्युजिक किचन स्टुडियोले तयार पारेको भिडिया त्रिमूर्ति इन्टरटेनमेन्टले बाहिर ल्याएको हो ।

गीत तथा भिडियो ६ दिनमा तयार गरिएको सङ्गीतकार तथा भिडियोका निर्देशक बजगाईँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप