आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यू- १६ लिग फुटबल असार ३० गतेदेखि

सोमबार, ११ असार २०८०, १२ : १८
सोमबार, ११ असार २०८०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-१६ लिग असार ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । एन्फा र ‘ए’ डिभिजन क्लबका प्रतिनिधिहरुसँगको छलफलपछि यू-१६ लिगको मिति टुंगो लगाइएको एन्फाले जनाएको छ ।  यसअघि एन्फा यू-१६ लिग असार २३ गतेदेखि सञ्चालन हुने भनिएको थियो । तर, त्यतिबेला अधिकांश विद्यालयमा परीक्षा सञ्चालन हुने भएकाले मिति सारेर असार ३० गते पुर्‍याइएको एन्फाले जनाएको छ ।

यू-१६ लिगका लागि क्लबहरुले असार १२ गतेसम्म आफ्नो टिम दर्ता गराउनु पर्नेछ । यसैगरी क्लबहरुले असार २४ गतेभित्र क्लबहरुले खेलाडीको नाम दर्ता गराउनु पर्नेछ । त्यसपछि एन्फाले असार २५ गते खेल तालिका प्रकाशन गर्नेछ । एन्फाले यू-१६ लिगको तयारीका लागि सहभागी क्लबहरुलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । खेलाडीहरुको अध्ययनलाई ध्यानमा राखी यू-१६ लिगका खेलहरु शुक्रबार, शनिबार वा सार्वजनिक विदाको दिन पारेर खेलाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप