सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोड्रिच २०२४ सम्म रियलमै रहने

सोमबार, ११ असार २०८०, १६ : ४७
सोमबार, ११ असार २०८०

मड्रिड । ‘मिडफिल्ड मायेस्ट्रो’ लुका मोड्रिच थप एक वर्ष रियल मड्रिडमा नै रहने भएका छन् । क्रोएसियन मिडफिल्डरले सन् २०२४ सम्म क्लबसँग करार सम्झौता नवीकरण गरेका हुन् ।

आगामी सेप्टेम्बर महिनामा मोड्रिच ३८ वर्ष पुग्दैछन् । यति उमेर पुगिसक्दा पनि रियलको टोलीका उनी महत्त्वपूर्ण सदस्य रहँदै आएका छन् । जुन २०२४ सम्म करार नवीकरण गरेसँगै उनी क्लबमा १२ वर्ष बिताउने भएका छन् ।

हालसम्म उनले क्लबका लागि ४८८ खेल खेल्दै २३ उपाधि जितेका छन् । जसमा ५ वटा च्याम्पियन्स लिग, ५ वटा क्लब विश्वकप, ४ युरोपियन सुपर कप, ३ ला लिगा, २ कोपा डेल रे र ४ स्पेनि सुपर कप छन् । उनले सन् २०१८ को बलोन डि’ओर उपाधि जितेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप