मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेता आचार्यद्वारा केन्द्रीय समिति बैठक बोलाउन माग

सोमबार, ११ असार २०८०, १७ : ५४
सोमबार, ११ असार २०८०

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले यथाशीघ्र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका छन् । आचार्यले   सोमबार सभापति शेरबहादुर देउवालाई पत्र लेखेर केन्द्रीय कार्यसमिति बैठकको माग गरेका हुन् । 

११ महिनादेखि केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेको भन्दै पार्टीभित्रका विभिन्न विषयमा छलफल गर्न  बैठक बोलाउनुपर्ने बताए । निर्वाचनबाट पार्टी ठूलो भएपनि  सांगठनिक र मनोवैज्ञानिक क्षति पुगेको उनको भनाई छ । उपनिर्वाचनको परिणामले पार्टीका कार्यकर्ता निराश हुँदा पनि केन्द्रीय समिति बैठक बस्नु दुःखद भएको आचार्यले बताए । 

प्रदेश र जिल्लामा पार्टीका नेता कार्यकर्तासँग भेट्दा थुप्रै प्रश्नले केन्द्रीय पदाधिकारी घेरिने परिस्थिति बनेको उनको भनाई छ ।

d

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप