आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गाईको बाच्छी काटेको अभियोगमा तीन जना पक्राउ

मङ्गलबार, १२ असार २०८०, ०९ : ४८
मङ्गलबार, १२ असार २०८०

रोल्पा । गाईको बाच्छी काटेको अभियोगमा रोल्पामा ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माडी गाउँपालिका-५ मेलपोखरी बस्ने २१ वर्षीय नरेश बिक, २१ वर्षीय मनोज परियार र १८ वर्षीय किशोर रहेका छन् । 

नरेश बिकको घरमा गाईको बाच्छी काटी मासु लुकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भ्वाङबाट खटिएको प्रहरीले गाईको बाच्छीको टाउको, २० केजी मासु, मासु काट्न प्रयोग गरिएको बन्चरो र खुकुरीसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप