आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा सवारी दुर्घटना परी एक  जनाको मृत्यु, ३ जना घाइते

मङ्गलबार, १२ असार २०८०, १३ : ००
मङ्गलबार, १२ असार २०८०

बुटवल । रुपन्देहीमा आज भएका छुटाछुटै सवारी दुर्घटना परी एक जनाको मृत्यु भएको छ  भने ३ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–१३ बेलबासमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको  छ ।

राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सुर्खेतबाट वीरगन्जका लागि छुटेको प्रदेश–३–००१ ख ०५७१ नम्बरको बसले लु २९ प ८६८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक अन्दाजी २८ वर्षका युवाको मृत्यु भएको छ । 

मृतकको अहिलेसम्म परिचय खुलेको छैन  शवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको प्रहरीले जनाएको छ । 

काठमाडौँदेखि गुल्मीका लागि छुटेको ना ६ ख १९८४ नम्बरको बस रुपन्देहीको देव दह चरङ्गेमा आज बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएको प्रहरीले  जनाएको छ । प्रहरीले दुवै घटनाको बारेमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप