आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

मङ्गलबार, १२ असार २०८०, १४ : ०४
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ । डिल्लीबजार मालपोतका तत्कालीन खरदार गोपाल कार्की पक्राउ परेसँगै मंगलबार पक्राउ पर्नेको संख्या ६ पुगेको एआईजी किरण बर्जाचार्यले रातोपाटीलाई जानकारी दिएकी हुन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले  भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतमलाई पक्राउ गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप