आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नारी शक्तिको जागरण गराउने भनी ठगी गर्ने धर्म गुरु पक्राउ

मङ्गलबार, १२ असार २०८०, १७ : ३१
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।  

काफ्लेसमेतले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र ओम आश्रम नेपाल नामक संस्था खोली पीडितहरुलाई रकम लगानी गर्न अभिप्रेरित गराउने, सेमिनार गरी संस्थाको सदस्य बनाउने, धैरै मुनाफाको प्रलोभन देखाउने र लगानीको सुनिश्चितता नगरी पटक-पटक थप लगानी गर्न दवाव दिने र नगरेमा परिबारको सदस्यलाई मारी दिने जस्ता धम्कि दिई ठगी गरेको भन्ने उजुरीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई कञ्चनपुर गड्डाचौकीबाट पक्राउ गरेको हो । 

उनी उपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत काठमाडौं बबरमहलबाट ७ दिन म्याद लिई आवश्यक अनुसन्धान भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप