आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी चार टोली सेमिफाइनलमा पुग्ने सहवागको ‘भविष्यवाणी’

मङ्गलबार, १२ असार २०८०, २१ : ०१
मङ्गलबार, १२ असार २०८०

अहमदाबाद । एकदिवसीय विश्वकप २०२३ को कार्यक्रम सुरु गर्ने क्रममा क्रिकेटर वीरेन्द्र सहवागले सेमिफाइनल पुग्ने चार टोलीको भविष्यवाणी गरेका छन् ।उनले सेमिफाइनलमा अस्ट्रेलिया, इंग्ल्याण्ड, भारत र पाकिस्तान पुग्ने बताएका हुन् । कार्यक्रममा आईसीसीका सीईओ ज्योफ एलार्डिस, बीसीसीआई सचिव जय शाह, श्रीलंकाका पूर्व क्रिकेटर मुथैया मुरलीधरन पनि उपस्थित थिए।

विश्वकप २०२३ अक्टोबर ५ देखि अहमदाबादमा सुरु हुनेछ भने फाइनल खेल १९ नोभेम्बरमा अहमदाबादमा हुनेछ । प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ जसमा आठ टोलीले प्रत्यक्ष प्रवेश पाएका छन् भने दुई टोलीको टुंगो जिम्बावेमा जारी विश्वकप छनोटपछि हुनेछ । अहमदाबाद, चेन्नई, बेंगलुरु, हैदरावाद, तिरुवनन्तपुरम, मुम्बई, अहमदाबाद, पुणे, लखनउ, दिल्ली, गुवाहाटी, कोलकाता र धर्मशाला समावेश गरी १२ सहरमा खेलहरू हुनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप